ओलम्पिक छनोट आइतबार

नेपाल एथलेटिक्स संघले रियो ओलम्पिक– २०१६ का लागि महिला खेलाडीको छनोट गर्न आइतबार छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा हुने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए ।
छनोट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । पुरुषतर्फ भने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडका कांस्य विजेता हरिकुमार रिमाल छनोट भइसकेको सचिव विष्टले जनाएका छन् ।

Comment