अम्बिका स्मृति जुडोमा पाम च्याम्पियन

pam titlee
बन्दी सहायता गृह (पाम) ले सातौं अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिताको उपाधि जितेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा १० स्वर्ण, १ रजत र १ कांस्य जित्यो । दोश्रो भएको होप्याडले ४ स्वर्ण, २ रजत र १ कांस्य प्राप्त ग¥यो ।स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको प्रायोजन तथा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको सब क्याडेटतर्फ पुरुषमा पामका उत्तम प्रधान तथा महिलामा सीजेडिकी वितिशा थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा पामका सुदेश डोङ र महिलामा होप्याडकी सारदा खत्री उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, स्व. क्षेत्रीका छोरा विनोद, अमोद र विनोद, जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा स्व. क्षेत्रीका परिवारलाई जुडो संघले सम्मान गरेको थियो ।
त्यसै अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण विजेता फुपु ल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय मनीता श्रेष्ठ प्रधान र लीला अधिकारीलाई ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । हाल अस्ट्रेलियामा रहेका जुडो खेलाडी तथा जुडो संघका पूर्व कार्यालय सचिव मोहन बमले उपलब्ध गराएको रकम जुडो संघले खेलाडीलाई हस्तान्तरण गरेको हो ।

 

Comment