भेट्रान एथलेटिक्स टोली सिंगापुर जाने

Manoj Shiama
29 April, 2016 7:53 pm

vetran athe
उन्नाइसौं एसिया मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली आइतबार सिंगापुर जाने भएका छन् । मे ४ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा दीपकराज जोशी, गोपाल महर्जन, जमुना श्रेष्ठ, गंगालक्ष्मी रन्जित, मनीष जोशी, सुरजकुमार श्रेष्ठ, दीपककुमार रन्जित, शिवहरि खनाल, कृष्णकुमार श्रेष्ठ, भीमसेन अवाले, रामकृष्ण आले मगर, सहदेव ब्याञ्जन्कार तथा निरोज महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा विजयलाल श्रेष्ठ, हर्कबहादुर गुरुङ, विजय पाण्डे, गोवद्र्धननाथ शर्मा, विजयालक्ष्मी शाही, भैरव शाही तथा विश्वरत्न मानन्धर छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।