जावलाखेल नीलो च्याम्पियन

jawalakhel bluee
जावलाखेलको ‘नीलो’ टिम पाँचौं मनहोहन स्मृति खुला पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नीलोले लगातार दुई सेट पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भयो । नीलोले नेपाल कमर्स क्याम्पस (एनसीसी) लाई २२–२५, २१–२५, २८–२६, २५–१८ र १५–८ ले पराजित ग¥यो । उपाधिसंगै नीलोले ५० हजार नगद पुरस्कार हात पा¥यो भने एनसीसीले ३० हजार रुपैया पायोे ।
जावलाखेलको ‘हरियो’ र लक्की स्टार क्लब, बुङ्मती संयुक्त रुपमा तेश्रो भए । दुवैले समान १०–१० हजार रुपैया पुरस्कार प्राप्त गरे ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, ललितपुर जिल्ला कमिटी र मनमोहन स्मृति प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगितामा नीलोका ओमकार थापा उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई सांसद सिद्धिलाल सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रमलाई आयोजक प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री भरतमोहन अधिकारीले सम्बोधन गरेका थिए । तीनदिने प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment