खुला दौड शनिवार

अन्तर्राष्ट्रिय श्रमिक दिवासका अवसरमा मनमोहन स्मृति २ किमि खुला दौड शनिवार हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा संचालन हुने प्रतियोगिता शंकरदेब क्याम्पसबाट शुरु भई शंकरदेब क्याम्पसमै आएर सम्पन्न हुने छ । प्रतियोगितामा महिला तथा पुरुष खेलाडिको अल्लेखनिय सहभागिता रहने एकेडेमीका अध्यक्ष एवं सभासद बिनोद श्रेष्ठले जानकारी गराएका छन् । विहान ७ बजे शुरु हुने प्रतियोगितामा महिला तथा पुरुष बिजेताले समान पाच–पाच हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै दुवै समूहका दोस्रो र तेस्रो हुनेले क्रमश ३ हजार र २ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताका चौथो देखि दशौं स्थान हासिल गर्ने खेलाडिले सामान एक–एक हजार रुपैया प्राप्त गर्ने एकेडेमीका अध्यक्ष श्रेष्ठले बताए ।

Comment