इन्टरनेसनल च्यालेन्जमा अर्याल

Manoj Shiama
28 July, 2026 10:27 am

फिलिपिन्स ब्याडमिन्टन सङ्घको आयोजनामा जारी फिलिपिन्स इन्टरनेसनल च्यालेन्जमा नेपालका उदय अर्यालले लाइन जजको भूमिका निर्वाह गरी रहेका छन् । आयोजकको निमन्त्रणमा अर्याल आइतबार त्यस तर्फ प्रस्थान गरे ।

बुधवार सुरु भएको सो प्रतियोगिता २ अगस्टसम्म चल्ने छ । यस पछि  ४ देखि ९ अगस्टसम्म हुने फिलिपिन्स इन्टरनेसनल जुनियर सिरिजमा पनि अर्यालले सोही भूमिका निर्वाह गर्ने छन् ।