एभीएलको टिम सार्वजनिक

Manoj Shiama
26 June, 2026 6:19 am

केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको पुरुषको एनभीएल (नेपाल भलिबल लिग) मा सहभागी हुने टिमको नाम बिहीबार सार्वजनिक गरिएको छ । हाललाई ६ टोलीको नाम सार्वजनिक गर्दै टिमका मालिक पनि सार्वजनिक गरिएको हो । बाँकी २ टिमका लागि आवेदन खुला रहेको आयोजकले जनाएको छ ।
सहभागिता निश्चित भएका टिममा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।
सगरमाथा सन्नी राज भण्डारी र बन्नी राज भण्डारी, मधेश कम्पास इन्टरटेन्मेन्ट नेटवर्क प्रा.लि., काठमाडौं क्वेस्ट फार्मास्युटिकल्स÷क्यु स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि., अन्नपूर्ण सुमिरा स्पोर्ट्स भेन्चर प्रा.लि., कर्णाली लक्षसरा फिल्म प्रा.लि. र खप्तडा खप्तड फाल्कन्सको स्वामित्वमा रहेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि कराते स्टार खेलाडी एरिका गुरुङले एनभीएल भलिबलको मात्र नभई सबै खेललाई अगाडि बढाउने सुरुआत विन्दु हुने विश्वास व्यक्त गर्दै लिग यादगार र सफल रहोस् भनी शुभकामना दिइन् ।
केडिया ग्रुप अध्यक्ष विमल केडियाले राष्ट्रिय खेल भलिबललाई अझ नयाँ उचाइमा लाने उद्देश्यले पुरुषको नेपाल भलिबल लिग आयोजना गर्न लागेको बताउँदै सबै मिलेर लिगलाई सफल बनाउनु पर्नेमा जोड दिए ।
नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले एनभीएल केवल लिग मात्र नभई खेलाडीलाई ग्रास रुटदेखि व्यावसायिक कोर्ट र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन एनभीएल पुल बन्ने विश्वास व्यक्त गरे ।
नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पहिलो पटक पुरुषको फ्रेन्चाइज लिग सुरु हुनु सुखद पक्ष भएको बताउँदै लिगले सरोकारवालालाई प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा फाइदा पुग्ने धारणा व्यक्त गरे ।
नेपाल भलिबल सङ्घको सहयोगमा हुने एनभीएल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा  हुनेछ । लिगको मिति चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।