मास्टर्स स्पोर्ट्स एकेडेमीमा हाप्किडोबारे अन्तर संवाद

Manoj Shiama
24 January, 2026 11:01 am

रुपन्देहीमा द मास्टर स्पोर्ट्स एकेडेमीमा खेलाडी संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल हाप्किडो सङ्घको आयोजना तथा द मास्टर स्पोर्ट्स एकेडेमीको समन्वयमा सोमबार कार्यक्रम भएको हो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले खेलकुद राष्ट्रको पहिचान र युवाको भविष्यसँग जोडिएको क्षेत्र भएको उल्लेख गरे । उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि संवाद कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । आचार्यले राज्य तथा सम्बन्धित निकायहरू खेलकुद विकासमा प्रतिबद्ध रहेको धारणा राखे । कार्यक्रममा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष देव कुवरको सभापतित्वमा भएको हो । कुँवरले अनुशासन, निरन्तर अभ्यास र नैतिक मूल्य खेलाडीको मुख्य शक्ति भएको बताए । 

कार्यक्रमको सुरुवातमा एकेफ कोच (प्रशिक्षक) मुहम्मद अलीले खेल अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचले मात्र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सकिनेमा जोड दिए ।