ढल्कोलाई एमेल तेक्वान्दोको उपाधि

Manoj Shiama
21 December, 2025 7:46 pm

छैटौँ काठमाडौँ जिल्ला व्यापी एमेल तेक्वान्दो च्याम्पियनसिपको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ ।  एमेल एकेडेमी इन्टरनेसनल अन्तरगतको एमेल तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित प्रतियोगितामा ढल्कोले ५ स्वर्ण, ३ रजत तथा २ कांस्य पदक जितेको हो ।

दोस्रो भएको एम्बसडर तेक्वान्दो डोजाङले ४ स्वर्ण, ४ रजत तथा ४ कांस्य दिक जित्यो । तेस्रो भएको फेटल्यान्ड तेक्वान्दो डोजाङले  ४ स्वर्ण १ रजत तथा ४ कांस्य पदक जितेको छ ।

३० केजी मुनिको समूहमा एन्नुमा राई राई तथा ४६ केजी समूह म्नि अञ्जली राई उत्कृष्ट भए । ४४ किलो मुनिको पुरुषमा इसाक तामाङ उत्कृष्ट घोषित भए ।