गुरुङले जिते स्वर्ण

Manoj Shiama
19 December, 2025 9:25 pm

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रवार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका   छन् । तीन दिने प्रतियोगिताका खेल भने बिहीबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।

आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रवार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । 

प्रतियोगितामा ४० वर्ष भन्दा माथिको पुम्सेमा सरोज गुरुङले स्वर्ण पदक जिते । स्वर्ण विजेता नेपाली मूलका गुरुङ इन्डियन आर्मी हुन् ।