काठमाडौँसँग कर्णाली पराजित

Manoj Shiama
1 December, 2025 6:53 am

प्रिमियर लिग (एनपीएल) कोआइतबार भएको खेलमा कर्णाली याक्स काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
यो काठमाडौं गोर्खाजको चौथो जित हो । कर्णाली याक्सको भने यो चौथो हार हो । यो हारसँगै कर्णाली प्लेअफमा पुग्न कठिन बनेको छ । काठमाडौंका लागि जेहारार्ड इरास्मस सर्वाधिक ४३ रनमा अविजित रहे । उनले ३३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे ।
काठमाडौंको पहिलो विकेटको रूपमा आकाश त्रिपाठीको विकेट गयो । उनले ११ बलमा ८ रन बनाउँदै क्याच भए ।काठमाडौंले पावरप्लेमा १ विकेट गुमाउँदै ४६ रन जोडेको थियो ।
दोस्रो विकेटको रूपमा वेन चाल्र्सवर्थले ३४ रन बनाउँदै पवन सर्राफको हातबाट बोल्ड आउट भए । तेस्रो विकेट मिलिन्द कुमार १५ रनमा रनआउट भए ।

चौथो विकेटका लागि जेहरार्ड इरास्मस र जोन सिम्पसनले ८६ रनको साझेदारी गरे । चौथो विकेट जोन सिम्पनसको गयो। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । पाँचौँ विकेट रसिद खान डकआउट भए । भिम सार्की ६ रनमा अविजित रहे ।

कर्णाली याक्सका लागि एक मात्र विकेट नन्दन यादवले ३ विकेट लिँदा पवन सरार्फले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । प्रियांक पञ्चाल रोयल डकको रूपमा पेभेलियन फर्किए । उनी खेलको पहिलो बलमा करण केसीको बलमा कट एण्ड बोल्ड भए । दोस्रो विकेट विलियम वासिस्टो १ रनमा रनआउट भए।

१ ओभर सकिँदा कर्णाली याक्सको दुई विकेट गएको थियो । तेस्रो विकेटको रूपमा मार्क वाट रन आउट भए । उनले ३० रन बनाए । चौथो विकेट पवन सर्राफ ३५ रनमा सन्तोष यादवको बलमा एलबीडब्ल्यू आउट भए । नजीबुल्लाह जद्रान १२ रनमा क्याच आउट भए । सोमपाल कामी ६ रनमा कट एण्ड बोल्ड भए ।

सातौँ विकेट दिपक डुम्रेको विकेट गएको थियो । उनी १० रनमा बोल्ड भए । सातौँ विकेटका लागि दिपक र गुल्सनले ५५ रनको साझेदारी गरे । नन्दन यादव १ रनमा अविजित रहे । काठमाडौंका लागि रासिद खानले २ विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।

काठमाडौंले यसअघि ३ जित र २ हार ब्यहोरेको थियो । काठमाडौं गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँकग २९ रनले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगर किङ्ससँग ५ विकेटको हार ब्यहोरेको काठमाडौंले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन र पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले हराएको थियो ।

कर्णाली याक्सले यसअघिको ४ खेलमा कर्णाली याक्सले एक मात्र जित दर्ता गरेको छ । पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हारेको कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा विराटनगर किङ्ससँग ३ विकेटले पराजित भएको थियो ।

प्रिमियर लिग (एनपीएल) को आजको खेलमा कर्णाली याक्स अ भएको छ । आज भएको खेलमा काठमाडौंले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो
योसँगै काठमाडौं गोर्खाजको चौथो जित हो । कर्णाली याक्सको भने यो चौथो हार हो । यो हारसँगै कर्णाली प्लेअफमा पुग्न कठिन बनेको छ । काठमाडौंका लागि जेहारार्ड इरास्मस सर्वाधिक ४३ रनमा अविजित रहे । उनले ३३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे ।