५ खेलाडी शून्यमा आउट भए पछि पाकिस्तान खुम्चियो ९२ रनमा

पाकिस्तानले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो हारको सामना गरेको छ । मंगलबार भएको खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले २०२ रनले हराएको हो । २९५ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई वेस्ट इन्डिजले ९२ रनमा सीमित गरेको हो । पाकिस्तानले २९ ओभर २ बलमा सबै विकेट गुमाएको हो ।
पाकिस्तानका सलमान आगाले ३०, मोहम्मद नवाजले २३ तथा हसन नवजले १३ रन जोडे । अन्य कसैले पनि दोहोरो अङ्क छुन सकेनन् । वेस्ट इन्डिजका जाइडन सिल्सले ७.२ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । पाकिस्तानका ५ जना शून्यमा आउट भएका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा २९४ रन जोडेको हो । वेस्ट इन्डिजका कप्तान साइ होपले ९४ बलमा अविजित १२० रन जोडे । जस्टिन ग्रेभ्सले अविजित रहँदै २४ बलमा ४३ रन जोडे । पाकिस्तानका नसिम शाहले १० ओभरमा ७२ रन खर्चे । जित सहित वेस्ट इन्डिजले शृङ्खला २–१ले जितेको छ ।
