भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता हुँदै
Manoj Shiama
5 August, 2025 10:24 am

भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल सङ्घ र नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा २०० जनाले भाग लिने जनाइएको छ ।
काठमाडौँमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ । बाल्यकाल देखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको हो । उनी कम उमेरमै समाज परिवर्तनका लागि माओवादी युद्धमा सरिक थिए ।