भीम बहादुरको अध्यक्षमा दोलखा जिल्ला सङ्घ

भीम बहादुर श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला आइटिएफ गठन भएको छ । जिल्ला सङ्घमा निमेष कायस्थ उपाध्यक्ष तथा सुनिल श्रेष्ठ कोशाध्यक्ष भए । सो जिल्ला कार्य समितिको सचिवमा रिवाज मोक्तान चयन भए ।
यसै गरी सदस्यहरूमा रुबिना सिवाकोटी, मन्दिप थापा र अनुप नेपाली चयन भए । सम्राट मानन्धर, सुजन श्रेष्ठ, रामहरि सुबेदी, समीर शाही र कुमार श्रेष्ठ सदस्य भए । दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि सिवाकोटी तथा बाग्मती प्रदेश आइटिएफकी उपाध्यक्ष तुलसी थापा मगरको उपस्थितिमा दोलखा जिल्ला सङ्घ चयन भएको हो ।
Comment