महालक्ष्मीका खेलाडीलाई सफलता

चुनदेवी तेक्वान्दो डोजाङद्धारा आयोजित प्रथम आमन्त्रित जुनियर पुम्से तेक्वान्दो च्याम्पियनसिपमा महालक्ष्मी माविका विद्यार्थीले उल्लेखनीय सफलता पाएका छन् । विक्रम तामाङ, अजय लामा र महेश तामाङ तथा महिला तर्फ दिपसिखा राईले पहिलो स्थान पाए । राम राई र आमोश लोहारले रजत पदक पाए । रोजिना राई, सुनिता भुजेल र सुनिल तामाङले कांस्य पदक पाएको डोजाङका प्रशिक्षक थानेश्वर दर्लामी मगरले बताए ।
Comment