आदर्श योगहरि पहिलो
Manoj Shiama
3 August, 2022 2:01 pm

चौथो सृजना अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिपमा आदर्श योगहरि स्कुल पहिलो भएको छ ।
सो विद्यालयका रित्तिका दर्नालले स्वर्ण पदक जितिन् भने रस्ना श्रेष्ठले एकल तथा समूह तथा जस्मिना श्रेष्ठले एकल तथा टिममा स्वर्ण जिते । यसै गरी दिपसना डङ्गोल,संयोग खत्री,नवीन अवस्थी, मोनी श्री चन्द र दीपेश तामाङले पनि स्वर्ण जिते । प्रशान्त बस्नेत र रोनीया परियारले पनि स्वर्ण पदक जिते । यसै गरी, उत्सव परियारले एक रजत र कास्य पदक जिते । निशान्त अवस्थी,आयुषा पोखरेल,प्रन्जेल दवाडी र सिबानी श्रेष्ठले रजत पदक जिते । जेसन बास्तोला र नुमासा लिम्बुले कास्य पदक जिते ।
सो प्रतियोगितामा ज्ञान सागर तथा जेनस तेस्रो भए । एभरेस्ट तेक्वान्दोकी कल्पना काकीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका पुरस्कार विजेतालाई आयोजक सृजना ज्ञान सागर स्कुलका प्रधानाध्यापक राजेन्द्र प्रसाद तथा आयोजक कमिटीका प्रमुख फिरोज श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।टोलीको प्रदर्शनबाट खुसी भएको प्रशिक्षक रमिला खत्रीले बताइन् । खत्रीले आगामी प्रतियोगितामा आफ्ना खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखेको बताइन् ।