‘अर्को प्रतियोगिताका लागि बढी उत्साहित छौ ’ 

थाइल्यान्ड ओपन बक्सिङ प्रतियोगिता विश्व बक्सिङकै लागि पायनीर प्रतियोगिता हो । नेपालले पनि विगत देखि नै यस प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । यस पटक नेपाली खेलाडीले सो प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् ।
पुनम रावल सेमिफाइनलमा पराजित भइन् । विश्व बक्सिङमै सनसनी फैलाएकी ती मुक्केबाजसँग पुनम ३–२ ले पराजित भएकी थिइन् । ‘ प्रशिक्षणलाई व्यवस्थित बनाउन सके उनीबाट धेरै नै आशा गर्ने ठाउँ देखिएको छ  ’ उनको प्रदर्शनबाट प्रभावित बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर बताउँछन् । पुनमलाई सेमिफाइनलमा पराजित गर्ने ती खेलाडी उपाधि जित्न सफल भएकी छन् । उनी एसियाली स्तरकै उत्कृष्ट खेलाडी समेत हुन् ।
यसै गरी, नेपाली टोलीकी सुस्मा तामाङ क्वार्टर फाइनलमा इटालीकी खेलाडीसँग ३–२ ले पराजित भइन् । इटालीकी ती खेलाडी पनि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन् । प्रकाशकै विचारमा नियमित प्रशिक्षण पछि सुस्माबाट थुप्रै उत्कृष्ट प्रदर्शनको सम्भावना छ ।
यसै गरी, प्रतियोगितामा सहभागी भूपेन्द्र थापा मगर र मिनु गुरुङको पनि प्रदर्शन त्यत्तिकै राम्रो थियो । चन्द्र कला थापा ओलम्पिक पदक विजेता इटालीकै खेलाडीसँग पराजित भइन् । भूपेन्द्र पहिलो चरणमा भियतनाम तथा मिनु थाइल्यान्डकी खेलाडीसँग पराजित भएकी हुन् ।
प्रतियोगिताले नेपाली खेलाडीले थुप्रै म्याच एक्सपोजरको अवसर पाएको तथा नेपाली खेलकुदको सुखद भविष्यको सङ्केत गरेको समेत प्रशिक्षक थापा बताउँछन् ।
Comment