‘ लामा टेन्डी नै नेपाली बास्केटबल कर्मीको प्रेरणाको श्रोत ’

सन् २०१० को दशकको अन्त्य, विकास शाही बास्केटबलका राष्ट्रिय खेलाडी थिए । त्यसै खेल बास्केटबलले धेरै आरोह र अवरोह पार गरेको छ । विकास खेलाडीबाट प्रशिक्षक भएका छन् । उनी खेलाडी हुँदा सुस्त रहेको बास्केटबल लामा टेन्डी शेर्पाको नेतृत्वमा थुप्रै महत्त्वपूर्ण उपलब्धि तय गर्न सफल भयो । साँचो भन्नु पर्दा दिवङ्गत शेर्पाको १५ वर्षे कार्यकाल नेपाली बास्केटबलमा जागरणको युग मान्न सकिन्छ । यसै जागरण युगका एउटा पात्र विकास खेलाडीबाट व्यस्त प्रशिक्षक मात्र होइन, बास्केटबलको एउटा प्रमुख ‘ कम्पोनेन्ट ’ नै बनी सके ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको उपस्थिति , कर्पोरेट हाउससँगको सम्बन्ध तथा नेपालका पायनीयर खेल आस्थामा उपस्थिति । टेन्डी कार्यकालमा पछ्याएका यी कदमलाई निरन्तरता दिने जिम्मेवारी वर्तमान अध्यक्ष भीम गुरुङ तथा उनको टिमलाई आइ परेको छ ।
प्रशिक्षणमा दिनेश नकर्मी, सहित विकास शाही लगायत एउटा समूह । रेफ्रिमा राज कुमार महर्जनको नेतृत्व । यी चुनौतीका बिच गुरुङ कार्यकाल सही बाटोमा गएको पहिलो आभास आसन्न फ्रेन्चाइज लिगको घोषणाले पनि हो ।
अन्तर्राष्ट्रिय परिणाम दिलाउने क्रममा दक्षिण एसियाली खेलकुदमा रजत पदक ,एसियाली खेलकुदमा सहभागिता लगायत थुप्रै पाटोमा बास्केटबलले यसै १५ वर्षमा कोल्टे फेर्न सफल भयो ।
‘लामा टेन्डीकै कारण आजको दिनमा नेपाली बास्केटबल यस अवस्थामा पुगेको छ भने उहाँको सम्मानमा हामी किन केही पनि नगर्ने ’ विकासमा आएको यसै सोचको उपज हो की, उनकै संयोजकत्वमा  सोमबार देखि लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको छ ।
 लामा टेन्डीको कार्यकालमा बास्केटबलमा केही विशेषता थिए । गुटबन्दी, विरोध र तनावको बिचमा रहेको नेपाली खेलकुदमा बास्केटबल मात्र एउटा यस्तो थियो, जहाँ कुनै गुटबन्दी भएन । रेफ्रि निर्णयमा खासै विवाद भएन । छनोट समितिले गरेका निर्णय पनि विवादास्पद भए ।
नेपाली महिला टोलीको प्रशिक्षक भएका विकासलाई आम नेपाली महिलालाई खेलकुदमा रहन कत्ति कठिन छ भन्ने पनि महसुस छ । यसैको उपज हो कि उनी संयोजक रहेको यसै प्रतियोगितामा महिला र पुरुष टिमको उपाधि विजेतालाई बराबर पुरस्कार राशि राखिएको छ ।
लामा टेन्डीको नाममा नेपाली खेलकुदमा एउटा वजन थियो ।  अबका दिनमा भीम गुरुङको काँधमा आएको जिम्मेवारीसँगै बास्केटबलको त्यो वजनलाई कायम राख्ने चुनौती पनि थपिएको छ ।
यस अगाडी प्रेसिडेन्ट कपको सोच भए पनि त्यो पुरा नहुँदै लामा टेन्डीको निधन भई सकेको छ । तथापि, उनको निधनमा पनि बास्केटबल जिउँदो छ ,सक्रिय छ र उनको टिमका हरेक व्यक्तिहरू जिम्मेवार छन् भन्ने पुष्टि गर्न पनि यस प्रतियोगिता सायद सफल हुने छ । लामा टेन्डीले देखेको अर्को सपना फ्रेन्चाइज लिग पनि नेपालमा हुने तय भई सकेको छ । त्यसको पूर्व सन्ध्यामा हुने यस प्रतियोगिताले हरेक टोलीलाई अक्सनका लागि सहज बनाउने नै छ ।
कोभिड महामारीका कारण अस्ताएको घरेलु खेलकुद फेरी जुरमुराउने क्रमको सुरुवातबाट बास्केटबलबाट भएको छ ।
नेपाली बास्केटबललाई अहिले अवस्थामा ल्याउने अध्यक्षको निधन त नेपाली बास्केटबल क्षेत्रको लागि असह्य चोट र पिडा हो नै । यस चोटका बाबजुद फेरी उही लयमा फर्कने तयारी बास्केटबल रहेको आभास पनि सायद यसै प्रतियोगिताले दिने छ ।
Comment