वडास्तरीय भलिबलको उपाधि आयोजकलाई

Manoj Shiama
8 March, 2015 10:57 pm

बालकन्या युवा क्लब विरुवा अर्चले गाविस, स्याङ्जाको आयोजनामा विरुवामा जारी नवौं विरुवा बजार महोत्सव–२०७१ आइतबार सम्पन्न भयो।
महोत्सवमा जारी वडास्तरीय पुरुष भलिबल प्रतियागिताको उपाधि आयोजक बालकन्या युवा क्लब ए ले हात पारेको छ। आइतबार बेस्ट अफ फाइभका आधारमा खेलाइएको फाइनलमा राङखोला युथ क्लब राङखोलालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक बालकन्या युवा क्लब ए ले उपाधि हात पारेको हो। पहिलो सेट २५–२१ ले जितेको बालकन्याले दोस्रो सेट २३–२५ ले गुमायो भने तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ ले हात पार्दै उपाधिमाथि हक जमाउन सफल भयो।
तेस्रो स्थानको लागि भएको खेलमा न्यू शान्ति प्रगतिशील युवा क्लब किचनासले एभरग्रीन युथ क्लबलाई ३–१ को सेटमै पराजित ग¥यो। पहिलो सेट २५–१६ ले हात पारेको न्यू शान्ति प्रगतिशीलले दोस्रो सेट २२–२५ ले एभरग्रीनलाई सुम्पियो तर तेस्रो सेट २५–१२ र चौथो सेट २५–२० ले पक्षमा पार्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।
प्रतियोगितामा उपाजिध विजेता बालकन्या ए ले नगद ४२ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेतामा सीमित राङखोलाले नगद २५ हजारमा चित्त बुझायो। यस्तै तेस्रो स्थानको न्यू शान्ति प्रगतिशीलले नगद १२ हजार हत पा¥यो।
आयोजक बालकन्या युवा क्लब ए कै रामु राना बेस्ट प्लयेर घोषित भए। यस्तै न्यू शान्ति प्रगतिशीलका रमेश केसी बेस्ट ब्लकर, बालकन्या युवा क्लब ए कै महेश केसी बेस्ट स्पाइकर, राङखोला युथ क्लबका कुमार गुरुङ बेस्ट डिफेण्डर र बालकन्या युवा क्लब ए कै विजु राना बेस्ट लिफ्टर घोषित भए। सबैले जनही एक हजार र ट्रफी प्राप्त गरेको राष्ट्रिय रेफ्री अनिल रानाले जानकारी दिए।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई सभभासद् धनराज गुरुङ, मुख्य प्रायोजक भूलबहादुर राना, विरुवा बजार व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर खड्का, बालकन्या युवा क्लबका अध्यक्ष सब्बु मियाँलगायतले पुरस्कार वितरण गरेका थिए।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय दोहोरी कलाकारको बेजोड प्रस्तुति, हास्य कलाकारद्वारा नृत्य प्रस्तुति तथा होचापुड्का कलाकारद्वारा नृत्य प्रस्तुत गरिएको थियो। चार दिनसम्म सञ्चालित महोत्सव करिब १५ हजारले अवलोकन गरेको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए।