भूमिकास्थानमा खुल्ला भलिबल प्रतियोगिता सुरु

जीवन नेपाली 
कार्तिक २४ अर्घाखाँची ।   देविकास्थान झाँक्रीशाला टोल विकास समितिको आयोजनामा अर्घाखाँची  भुमिकास्थान २को ढाकाबाङ  ठुलापोख्रामा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।
बुधवार भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पृथ्वी थापा, स्थानीय सामाजिक व्यक्तित्व जीवनारायण खनाल, भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापा, नेकपा (एमाले) का कमला खनाल, नेपाली काङ्ग्रेसका चूडामणि खनाल, नेकपा माओवादी (केन्द्र)का चेतन खनाल र राष्ट्रिय जनमोर्चाका नारायण खनालले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए।
कार्यक्रममा अखिल (छैटौँ)का केन्द्रीय सदस्य जीवन नेपाली, विश्व माविका शिक्षक जुमलाल खनाल, भगवती आधारभूत विद्यालयका प्राचार्य कमल प्रसाद खनाल, जनप्रिय आधारभूत विद्यालयका प्राचार्य पवित्रा क्षेत्री, पत्रकार टेकराज भुसाल, रेफसरि निर्मल राना लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम देविकास्थान झाकिशाला टोल विकास समितिका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, गणेश सुनारको सञ्चालन र प्रकाश चुदालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
प्रतियोगिताको विजयी टोलीले २५ हजार, उप विजयी टोलीले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिता २६ कार्तिकसम्म सञ्चालन हुने छ ।  प्रतियोगिताले स्थानीय स्तर मा खेलाडी उत्पादन गर्न मद्दत  पुग्ने विश्वास रहेको   आयोजक कमिटीका अध्यक्ष जितेन्द्र खत्रीले बताए ।
Comment