अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सम्पन्न

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार आइतबार सम्पन्न भएको छ । आइतबार कास्कीको पोखरा रङ्गशालामा अवस्थित कभर्डहलमा सेमिनारमा सफलता पाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र पत्र प्रदान गरियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्रि सेमिनारमा सहभागिलार्ई पनि प्रमाणपत्र प्रदान गरियो ।
सेमिनारमा ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनियर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।
नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतित्वमा भएको कार्यक्रम शैल्ताज कुँवरले सञ्चालन गरेकी थिइन् । कास्की मार्सल आर्ट्स जिल्ला हाप्कीडो सङ्घका अध्यक्ष मदन जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनका अध्यक्ष एम वि आस्था र उपाध्यक्ष तारा माया थापा सहित अन्य अधिकारीको उपस्थिति थियो । कार्यक्रममा कास्कीका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।


गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको सहयोगमा आयोजित दुई दिने सेमिनारले खेललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएको छ ।
छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको यो एसोसिएसनले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्त्वपूर्ण भएको आयोजक कमिटीले जनाएको छ ।

Comment