सङ्गीताको अझ उत्कृष्ट प्रदर्शनको विश्वास

नेपाली बक्सिङमा लगातार आठ वर्ष देखि प्रभाव जमाइरहेकी मुक्केबाज सङ्गीता सुनार मेहनत गर्दै गए आगामी दिन अझ  राम्रो परिणामको अपेक्षा गर्न सकिने बताउँछिन् ।
काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा ६० केजी तौल समूहमा रजत पदक विजेता सङ्गीता लामो समय देखि नेपाली बक्सिङमा च्याम्पियन खेलाडीको रूपमा रहँदै आएकी छिन् ।
कास्की ढिकुर पोखरीकी सङ्गीताको खेल जीवन भने अलि फरक रहेको छ । बाबु आमाका चार सन्तान । उनका दाजु भाइ र बहिनी भन्दा उनी अलि फरक सानै देखि खेलकुदमा रुचि । ६० को दशकको समय सङ्गीताको विद्यार्थी कालको समयमा कास्की भलिबलमा प्रभावी । अझ महिलाको माझमा त भलिबलको लोकप्रियता अर्कै थियो । सानोमा फुटबल र भलिबल खेल्ने सङ्गीता नौ डाँडाको सृजना सेकेन्डरी स्कुलमा रहँदा भलिबल खेल्ने गर्थिन् ।
बि.स २०६९ मा एपीएफमा जागिरे भएकी उनी यसको एक वर्ष पछि नै च्याम्पियनको ताज पहिरिन सुरु गर्न थालिन् । यस पछि दुई पटक साग खेलकुद, एक पटक एसियाली खेलकुद,थाइल्यान्डमा भएको महिला विश्व च्याम्पियनसिप तथा भारत ओपनका सुरुवाती तिन संस्करणमा सहभागी उनी हाल ६० केजीको च्याम्पियन हुन् ।
एसियाडमा भने तौल घटाइएको कारण नेपालले तिन महिला खेलाडी सहभागी गराएको थियो । यसमा सङ्गीताले ५७ किलोमा सहभागिता जनाएकी थिइन् ।
यत्ति धेरै प्रतियोगिता र केही सफलताले उत्साहित उनी बक्सिङका सबै प्रशिक्षक, परिवार ,आफू आबद्ध विभाग र  टिमका साथीहरूको हौसला र सहयोगले सफलता  पाएको बताउँछिन् ।
अहिले चली रहेको कोभिड १९को महामारीबाट सबै चाँडो बाहिर आउनु कुरामा आशावादी रहँदै उनले यस पछि हुने प्रतियोगितामा अझ राम्रो परिणामको विश्वास राखेकी छिन् ।
Comment