युवा अध्यक्षको महत्वाकांक्षी योजना

shiva deuja

सिन्धुपोलचोक जिल्ला काठमाडौबाट एकदमै नजीक र सुगम भएर पनि खेलकुदमा पछि परेको सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीका नवनियुक्त अध्यक्ष शिब देउजा स्वीकार्छन् । २६ बर्षको कम उमेरमै महत्वपूर्ण जिम्मेवारी पाएका देउजा आफ्नो कार्यकालमा सिन्धुपालचोकको खेलकुदलाई नया दिसा दिने योजनामा तल्लीन छन् ।
“ सुगम भएका कारण जिल्लाका धेरै ब्यक्ति काठमाडौ केन्द्रित भएकाले समस्या भएको हो । हामी युवाहरु मिलेर आफ्नै ठाउमा केही गर्न सकिन्छ भन्ने देखाउन सके मात्र हामीले फड्को मार्ने छौ  ” देउजा भन्छन् । विगतमा आर्थीक श्रोत साधनले पर्याप्त भएर पनि खेलकुदमा पछि परेको  सिन्धुपालचाकमा देउजाले फरक परिश्थितीमा जिम्मेवारी पाएका छन् । बर्षको सुरुवातमा आएका भुकम्पका कारण सिन्धुपालचोक भुकम्प प्रभावित जिल्लाको रुपमा चिनिएको छ । त्यही चुनौतीका माझ उनी भने दुइ बर्षमा खेलकुदमा प्रगतीउन्मुख जिल्लाको रुपमा फरक छबी सिन्धुपालचोकको होस भन्ने चाहन्छन् ।
“मेरो पहिलो प्रयास सिनधुपालचोकमा दक्ष जनशक्ति भिउ्याउने हो । यसका लागि पहल सुरु गर्ने छु । यस पछि खेल स्थल संरचनामा प्रयास गर्ने छु । ”मार्सल आर्ट, भलीबल र फुटबलमा सक्रिय यो जिल्ला पर्यटकीय खेलकुदको नया केन्द्र बन्न सक्ने कुरामा उनी आशाबादी रहेका छन् । यसैकारण उनको नया योजना सिन्धुपालचोकमा पर्यटन र खेलकुद विचको सहकार्य हो ।
विगतमा जिल्ला खेलकुद विकास समितीको सदस्य, भलीबलको पूर्व खेलाडी तथा क्षेत्रीय रेफ्रिको अनुभब र खेलकुद महासंघ जिल्ला समितीको सह सचिवको जिम्मेवारीमा निखारिएका उनी अहिले पनि सबै सरोकारवालाबाट पूर्ण सहयोगको अपेक्षामा रहेका छन् । उनको मीलनसार र मैत्री स्वभावका कारण उनले यस खालको सहयोग पाउने अपेक्षा पनि गरिएको छ । साथमा युवा संघको विभिन्न निकायमा रहेर काम गरेको अनुभवले युवा मनोभावना बुझ्न सहज हुने र यसले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुग्ने कुरामा उनी बिश्वस्त छन् ।
यसो त सिनधुपालचोकको आर्थीक संयन्त्र मेलम्ची ,बाह्बिसे र चौतारा क्षत्रेमा विभाजीत रहेको छ । उनको नया योजना यी सबैलाई केन्द्रिकृत गर्दै नया महत्वाकांक्षी योजना बुन्ने हो । यसका लागि उनले खेलकुदको जानकार प्राबीधीकहरुको टोली पनि साथमा राखेका छन् । साथमा सिन्धुपालचोक जिल्लाका परिचित खेल हस्तीसंग सल्लाह गर्ने र अघि बढ्ने उनको योजना छ । सबै खेलका जिल्ला स्तरीय नेतृत्वसंग पनि उनले सहयोगको अपेक्षा राखेका छन् ।
राज कुमार रसाइली, दिवंगत जित बहादुर खड्का र पौडीमा परिचित कार्की परिवारको नामले सिन्धुपालचोक चिनिए पनि उनको महत्वकांक्षाले भन्छ, “नया स्टार खेलाडी उत्पादनका लागि  सम्भावनाको जिल्लाको रुपमा  सिन्धुपालचोक चीनीने छ । ”

 

Comment