थुप्रै सम्भावना बोकेका अर्जुन

arjun korea

अर्जुन तामांग नेपाली उसुका पुराना पुस्ताका खेलाडी । विगत केही दशकमा प्रशिक्षक तथा प्राबीधीकको रुपमा सक्रिय नाम । धादींग जिल्लाका यीनी नेपालका उसुु भित्रीएको केही बर्ष पछि नै यस खेलमा सक्रिय थिए । फलस्वरुप सन् १९८४ मा उनी इन्टर उसु च्याम्पियनसीपमा पहिलो स्थान हात पार्न सफल भएका थिए । सन् १९९० मा भएको राष्ट्रिय च्याम्पियनसीपमा पहिलो स्थान पाए पछि उनी नेपाली उसु क्षेत्रमा परिचित नाम बन्न पुगेका हुन् । सन् १९९६ मा दक्षिण कोरियामा भएको इन्टरनेसनल कुन जेड्को च्याम्पियनसीपमा दोस्रो भए पछि उनी अझ सफल खेलाडीको रुपमा परिचित थिए ।
जजको रुपमा काम गर्न सुरु गरेका उनले सन् १९९४ मा पाल्पामा भएको नेसनल उसु जज कोर्ष मार्फत डिप्लोमा गरेका थिए ।
त्यसको लगत्तै उनले काठमाडौमा भएको इन्टरस्कुल उसुु च्याम्पियनसीपमा जजको भुमिा निभाएका थिए । सन् १९९५ मा पनि उनले इन्टरस्कुल उसु च्याम्पियनसीपमा जजको भुमिा निभाएका थिए । सन् १९९८ मा सम्पन्न लायन्स एन्ड लियो इन्टर स्कुल उसुस च्याम्पियनसीपमा पनि उनी जज थिए ।
प्रशिक्षकको रुपमा भने उनले अझ माथिल्लो उचाइ छोएका छन् । सन् १९९९ मा उनले बेइजिंगमा इन्टरनेसनल उसुुु प्रशिक्षक कोर्ष पुरा गरेका थिए । सन् २००० मा नेताजी सुबास इन्टर्न सेन्टरमा भारतीय नेसनल इन्सिटिच्युटबाट मार्सल आर्ट पहिलो पटक म समाबेश हुद उनी प्रशिक्षकको रुपमा समाबेश थिए । सन् १९९५ देखि उनले पाच बर्ष राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको रुपमा काम गरेका थिए र्। सक्छ ।
उनीसंगै भारतमा प्रशिक्षणमा सलंग्न कुमार दाहालका अनुसार अर्जुन मिहेनती र परिश्रमी ब्यक्तित्व हुन् । उनको क्षमताबाट खेलकुदले थुप्रै आशा गर्न सकिने ठाउहरु छन् ।
सन् १९८९ देखि प्रशिक्षणमा संलग्न उनले हालसम्म राष्ट्रिय स्तरका १ सय भन्दा बढी खेलाडी उत्पादन गरिसकेका छन् । उसु प्रशिक्षक राम गोपाल मर्हजनका अनुसार उनी सामाजीक भावना भएका र मानबीय संबेदना भएका ब्यक्तित्व हुन् ।

Comment