उदयपुर ह्यान्डबल अभियानकी नेतृ रञ्जना

ranjanae
नेपाली ह्यान्डबल ओरालो लाग्दै थियो । यसमा पनि महिला ह्यान्डबल चर्चामा थिएन । बि.स २०६४ मा उदयपुरमा पर्वत गुरुङ्ग कार्यरत थिए । उनले एउटा कदम थाले । श्री ज्योती मोडल हाइएर सेकेन्डरी स्कुल लगायत सगरमाथा, कञ्जनजंघा र अर्कीड लगायत विद्यालयमा ह्यान्डबल खेल्न चाहनेको छनोट गर्न थाले । यो अभियान त्यो समयमा स्वभाबिक थियो, तत्कालीन समयमा । उनको अभियानले एक बर्ष पछि नै सार्थकता पाउन थाल्यो । एक बर्ष पछि नै लखनाउमा भएको तेस्रो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसीपमा त्यस टोलीमा पाच जना अटाए । सुरुवातका ८० भन्दा बढी महिला खेलाडीको त्यो समुहमा २० को हाराहारीमा ह्यान्डबलमा सक्रिय थिए । राष्ट्रिय टोलीको नेतृत्व त्यसै समुहकी रञ्जना राइले गरिन् । नेपाली समाजमा बेल्टार गावीसको परिचय फेरियो । महिला ह्यान्डबल खेलाडीको गाउँको रुपमा भिन्न परिचय बोक्यो । यसको नेतृत्व रञ्जनाले गरि रहिन् ।
सन् २००९ मा कोलकातामा आमन्त्रण मैत्री ह्यान्डबल प्रतियोगितामा त्यसै समुहका नौ जना रहेका थिए । सन् २०१२ मा ललीतपुरमा आइएचफ अन्डर डेभ्लपमेन्ट राष्ट्रको खेलमा नेपालले तेस्रो स्थान पायो । त्यो प्रतियोगितामा रञ्जना लगातार प्लेयर अफ द म्याच म्याच घोषित भइन् । सन् २०१३ मा लखनाउमा भएको चौथो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसीपमा त्यसै समुहका नौ जना राष्ट्रिय टोलीमा अटाए । रञ्जनाको नेतृत्वमा त्यस प्रतियोगितामा नेपाल तेस्रो भयो । त्यसको लगत्तै कतारमा भएको कतार ओमन इन्टरनेसनल ह्यान्डबल च्याम्पियनसीपमा त्यसै समुहका ६ जना टोलीमा थिए । त्यस प्रतियोगितामा नेपालले फेरी एक पटक काश्य पदक प्राप्त गर्न सफल भयो ।
पाकिस्तानमा गत बर्ष भएको उमेर समुहको प्रतियोगितामा नेपालले काश्य पदक पाउदा रञ्जनको नेतृत्त्वमा रहेको उदयपुरका आठ जना अटाएका थिए । रञ्जना भने त्यस प्रतियोगितामा रेफ्रिको भुमिका निर्बाह गरेकी थिइन् । रञ्जना सहितको उदयपुरका ह्यान्डबल स्टारको समानता के हो भने सबैको पारिवारिक समर्थन उत्तिकै रहेको छ । उनले आमाको माया त पाइनन्। बाबु पनि २०६५ मै विते पछि उनका अभिभावकको रुपमा हजुर बा र हजुर आमा रहेका थिए । आजको यो सफलतामा उनी अन्यको अभिभावक देख्दा उनले बारम्बार सम्झने गर्छिन् । खेल क्षेत्रकै ब्यक्ति र अन्य खेलाडीका अभिभावकको माया पनि उनले त्यत्तिकै पाइन् । रोजगारीको सवालमा सानमा रहेकी रञ्जनाको भबीश्यको लक्ष्य प्रशिक्षक बन्ने नै छ । उनको जिवनमा आइपुगेकी बिन्दा थापाको पनि योगदान रह्यो । टोलीका सहयात्री, प्रशिक्षक, सबै खेलाडीका अभिभावक र अन्य शुभेच्छुकको भुमिकालाई उनी भुल्ने छैनन् । उनीसंगै जिना राइ, कबिता राइ, बन्दना राइ , उमा राइ, निसा राइ लगायतको समुह नेपाली ह्यान्डबलमा छाइ रह्यो । यो सहित भद्र कुमारी भट्टराइको पुस्ता नेपाली ह्यान्डबलमा छाइ रह्यो ।
लामो समय पछि राष्ट्रिय टोलीमा बेल्टारको प्रभाव कम रह्यो । तर, त्यहाको प्रभाव फेरी एक पटक बढ्ने रञ्जनाको बिश्वास छ । आफ्नो ठाउँमा सम्मान छ ।समर्थन छ । अहिले बेल्टारमा खेलकुद प्रतिको चासो बढ्दो छ । खेलकुदमा लगाव छ । खेलकुदकै कारण सामाजीक क्रान्ती भएको छ । यस अभियानमा नेतृत्वदायी भुमिकामा रहेकी रञ्जनाका लागि यो दक्षिण एसियाली खेलकुद महत्वपूर्ण छ । यसै दक्षिण एसियाली खेलकुदमा प्राप्त नतीजा र पदक नेपाली खेलकुदको तंथ्यांकमा थपीने एउटा पदक मात्र हुने छैन । सामाजीक रुपले पनि यसको थुप्रै महत्वपूर्ण अर्थ राख्छ । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गरेकी अनुशाषित ब्यक्तित्वको रञ्जनाको लागि त यो दक्षिण एसियाली खेलकुद अझ महत्वपूर्ण रहेको छ । सात बर्ष अघि बेल्टारमै एउटा सुरु गरिएको अभियानका आर्कीटेक पर्वतका लागि अर्थपूर्ण रहने छ ।

Comment