अन्तराष्ट्रिय रेफ्रि बन्ने चाहना

binodd

२५ बर्षे बिनोद क्षेत्रीबाट प्रशिक्षित साइपाल एकडेमी  प्लस टु तहको बास्केटबलमा अग्रणी मानीन्छ । साइपाल एकडेमीका छात्राहरुको टोली  खुला तहको हेर्न लायक  टोली र प्लस टु  तहको शिर्ष टोली हुनुले बिनोदको प्रशिक्षण योग्यतालाई पुष्टि गरिसकेको छ । यत्ति मात्र हाहेइन, रेफ्रिको रुपमा राष्ट्रिय रेफ्रि बिनोद बास्केटबल तहमा परिचित मानीन्छन् । उनको योग्यता नै नेपालमा आयोजना हुने बास्केटबल प्रतियोगितामा उनको ब्यस्तताको कारण बन्यो र उनले दैनिक नौ खेल सम्म सञ्चलन गर्न भ्याए ।
हाल राष्ट्रिय रेफ्रि रहेका बिनोदले बैंककमा सम्पन्न रेफ्रि सेमिनारमा संलग्न भए पछि स्तरीयता बढाउन सहयोग पुगेको बिश्वास ब्यक्त गर्छन् र भबीश्यमा अन्तराष्ट्रिय रेफ्रि बन्ने सपनालाइ सार्थक तुल्याउने बिश्वासमा जुटेका छन् ।
नेपालमा विद्यालय र कलेजले बास्केटबललाई दिएको प्राथमिकता प्रति आभारी बिनोद  त्यसै प्राथमिकताका कारण हरेक बास्केटबल प्राबीधीकको जिवन स्तर सहज भएको बताउछन् । हाल उनी साइपाल एकेडेमी, काठमाडौ बिश्वविद्यालय, ओडीसी इन्टरनेनसल स्कुल र लालीगुरास स्कुलमा प्रशिक्षकको रुपमा कार्यरत छन् । हाल काठमाडौ, धरान र पोखरामा लोकप्रीय रहेको बास्केटबल अन्य शहरमा पनि लोकप्रीय भए यसले चाडो उचाइ पाउने उनको मत छ ।
रेफ्रिको रुपमा उनले गणेशमान स्मृती बास्केटबलको खेल खेलाउदाको क्षण अझै सम्भलन्छन् । तथापी प्रतियोगिता राम्रोसंग सञ्चालन भएको थियो । खेल अबधीभर शारिरिक परिश्रम गर्नु पर्ने बाध्यताले शारिरिक तन्दुरुस्ती बढेको अनुभब उनको छ । दोलखाका क्षेत्री दार्जीलींगमा हुर्के पनि पछि काठमाडौको युनिक स्कुल पढ्न आए पछि उनको खेल निखारिएको थियो । न्यु समिट कलेज पढ्न थाले पछि उनले रेफ्रि र प्रशिक्षकको क्यारियर देखेका थिए । यो लगातारको मिहेनत पछि बिनोदको दुइवटा मात्र उद्धेश्इ छ, अनतराष्ट्रिय रेफ्रि बन्ने र नेपालको स्थापीत प्रशिक्षकको रुपमा आफूलाई चिनाउने ।

Comment