खुला उमा ताई–ची शुक्रबार

उमा कुङफु संघको आयोजनामा प्रथम राष्ट्रव्यापी उमा ताई–ची प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा पुरुष र महिलामा १–१ गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव अनिमेशलाल श्रेष्ठले जनाएका छन् ।
पुरुष र महिलातर्फ ताई–ची स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगताको पुरुषमा १६ र महिलामा ४० गरी जम्मा ५६ खेलाडीको सहभागिता रहने बताइएको छ ।खेल कान्तिपथमा हुनेछ ।

Comment