सेन्ट जेभियर्स र पुष्पाञ्जली विजयी

सेन्ट जेभियर्स स्कुल, जावलाखेल र पुष्पाञ्जलीले १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
सेन्ट जेभियर्सले काठमाडौं युनिभर्सिटी हाइ स्कुल (केयुएचएस) लाई ६–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । विजेताका सन्दिप बुढाथोकी र मनिप रिमालले २–२ तथा आरभ विजुक्छे र शिरीष बोहराले १–१ गोल गरे । केयुएचएसका समन्त शाक्यले सान्त्वना गोल गरे । पुष्पाञ्जलीले इडेन गार्डेनलाई ४–० ले हरायो । अभिषेक आचार्यले ह्याट्रिक गरे भने आर्यन महर्जनले १ गोल थपे ।

Comment