थानकोटमा फिटनेश फस्र्ट

Manoj Shiama
16 April, 2016 2:17 pm

“स्वस्थ तन मानविय धन” भन्ने भनाईलाई पूर्णता प्रदान गर्ने उद्धेश्यले थानकोटमा शारीरिक सुगठनको क्लब फिटनेश फस्र्ट स्थापना भएको छ । नेपाल शरीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष डिआईजिपी विजय लाल कायस्थले शनिबार एक कार्यक्रमविच उक्त क्लबको उद्घाटन गरे । उनले नेपालमा आफ्नो तनलाई आकर्षक बनाउने र स्वस्थ रहने रहरले हालका दिनमा शारीरिक सुगठनका क्लबहरु खुल्ने गरेको भन्दै यस्ता क्लबहरुको स्थापनाले राज्यमा स्वस्थ नागरिकहरुको संख्यामा बृद्धि मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने खेलाडीहरुको संख्यामा बृद्धि हुने बताए । उनले प्रतियोगिताहरुको आयोजनाले नागरिकहरुमो प्रतिस्पर्धाको भावनामा विकास हुनुका साथै आफ्नो तनलाई स्वस्थ बनाउनुका वावजुद स्वास्थ्य क्षेत्रमा हुने करौडोको लगानीलाई घटाउन मद्धत पुग्ने बताए ।
स्वस्थ नागरिक तथा शारीरिक सुगठनका खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले फिटनेश फस्र्ट क्लब स्थापना गरेको र थानकोटबासीको मागको आधारमा थानकोटमा समेत क्लब स्थापना गरेको क्लबका संचालन लक्ष्मण भट्टले जानकारी गराए । उनले यो तेश्रो शाखा भएको भन्दै यस अघि ढुङ्गे अड्डा र सतुङ्गगलमा शाखा खोलिएको बताए । अर्का संचालक विनोद बज्राचार्यले यस क्लबले स्वस्थ नागरिक बृद्धिका साथ साथै क्लबमा आउने व्यक्ति तथा खेलाडीहरुको आप्mनो तन कस्तो भयो भनेर मापन गर्नका लागि फिटनेश फस्र्टले उनीहरुविच प्रतिस्पर्धा प्नि गर्दै आएको बताए । करिव ५२ लाखको लागतमा लक्ष्मण, विनोदका साथै निरेन शाही र बुद्धिजंग कार्की लगायतको चार जनाको लगानीमा थानकोटमा क्लब खोलिएको हो । यस्तै फिटनेश फस्र्टले आफ्ना शाखामा प्रशिक्षण लिईरहेका व्यक्ति तथा खेलाडीहरुको विच प्रतिस्पर्धा गराई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गर्दै आईरहेको छ ।