उसुमा बुद्ध प्रकाश र तेक्वान्दोमा चुनदेवीको सर्वाधिक स्वर्ण

martial art30e

जावालाखेल मार्शल आर्ट सेन्टरको आयोजनामा भएको राष्ट्रब्यापी मार्सल आर्ट महोत्सव मगंलबार सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थीत भएको खेल महोत्सब अन्तर्गत तेक्वान्दोमा चुनिदेवी तेक्वान्दो डोजाङ टिम च्याम्पियन भयो ।  च्याम्पियन चुनदेवीले हात पा¥यो । तेक्वान्दोमा न्यू गोल्ड्सका विमल तामाङ र झ्यासीकोटकी रोशनी तामाङ बेस्ट प्लेयर चूनिइन् । करातेतर्फ ८ स्वर्ण,४ रजत र ६ कास्य सहित नरहरीपुर डोजो च्याम्पियन,६ स्वर्ण ११ रजत र ३ कास्य तथा ३ स्वर्ण,१ रजत र २ कास्य जितेको केन्द्रीय डाजो तेस्रो भयो । करातेमा बौद्धकी रोजीना तामाङ र स्वनिम महर्जन बेस्ट प्लेयर चूनिए । स्वनिमले काता र फाइट दुबैमा स्वर्ण जितेका थिए । किक बक्सीङतर्फ २ स्वर्ण भक्तपुर टिम च्याम्पीयन भयो । प्लाटिनम फिटनेश सेन्टर दोस्रो र आयोजक जावलाखेल मार्सल आर्ट तेस्रो भयो । उसुतर्फ कुल १२ स्वर्ण जितेको बुद्ध प्रकाश टिम च्याम्पियन भयो । पुरुष थाउलुमा स्वर्ण जितेका विवेक मान पुन र सान्सौँकी सगिंता घिमिरे बेस्ट प्लेयर चूनिए ।
त्यस्तै अन्तिम दिन करातेको पुरुष कुमुतेतर्फ ५५ केजीमा नवराज श्रेष्ठ पहिलो, दिनेश नेपाली दोस्रो,प्रविन कुलुङ राई र सावन लामा तेस्रो,६५ केजीमा राजकुमार श्रेष्ठ पहिलो,बसन्त राई दोस्रो,सुरज राई र अर्जुन कार्की तेस्रो,७० केजीमा,राजिव पुन पहिलो,चन्द्र प्रकाश गीरी दोस्रो तथा खुल्लामा नविन मानन्धर पहिलो र गणेश तिम्सीना दोस्रो भए । करातेको महिलातर्फ किक बक्सीङमा पनि स्वर्ण जितेकी मनिषा मोक्तानले ६० केजी तौल समुहमा स्वर्ण हात पारीन् । किक बक्सीङको खुल्लातर्फ मनिषाले स्वर्ण जितेकी थिइन् । सोही तौलमा रोशन देसार दोस्रो भइन् । ५५ केजी तौल समुहमा मोनिका घिसिङ पहिलो,जस्मीना खड्का दोसो,सुस्मीता वाइबा र सुन्तली लामा तेस्रो भइन् । किक बक्सीङतर्फको ४८ केजी तौल समुहमा छत्र बहादुर तामाङ पहिलो,कुक बहादुर गूरुङ दोस्रो तथा बिनोद बलामी र मिग्मा लामा तेस्रो भए ।
त्यस्तै ५० केजीमा भक्तपुरका प्रकाश विष्टले प्लाटिनम फिटनेशका अमित ठकुरीलाई हराउदै स्वर्ण जिते । पुरुषतर्फ बेस्ट फाइटर चूनिए । ५५ केजीमा विर बहादुर तामाङ पहिलो, प्लाटिनम फिटनेशका करन बज्रचार्य दोस्रो,६० केजीमा आयोजक जावलाखेल मार्सल आर्ट केन्द्रका सरोज सेवा पहिलो,लगनखेलका राहुल बुढाथोकी दोस्रो भए । खुल्लातर्फको पुरुषमा रोनिस जदारी पहिलो,प्लाटिनमका मानसिहं तामाङ दोस्रो भए । त्यसैगरी तेक्वान्दोतर्फको पुरुष २५ केजी तौल समुहमा विराज कार्की पहिलो,राहुल शाक्य दोस्रो,स्मरण बुढामगर र विराज तामाङ तेस्रो भए । महिलाको ३० केजीमा समता जिरेल पहिलो,सरिता सुनुवार दोस्रो,सोभा राई र रमिला ओझा तेस्रो तथा ५० केजीमा रोसनी तामाङ थिङ पहिलो,रजिना चौधरी दोस्रो ,सन्तु माया तामाङ र छिरिङ गोले तेस्रो भइन् ।
उसुतर्फ सान्सौँ विधाको पुरुष ४८ केजीमा नरेन्द्र कुवँर पहिलो,चन्द्र सुनुवार दोस्रो ,५२ केजीमा विरस तामाङ पहिलो,विनोद पौडेल दोस्रो,५६केजीमा ज्ञानु लामा पहिलो,सनेज तामाङ दोस्रो,६० केजीमा मुकेश पण्डित पहिलो र दिपक श्रेष्ठ दोस्रो,६५ केजीमा सन्जीव महर्जन,परमानन्द चौधरी दोस्रो भए । सान्सौँकै महिलामा ४८ केजीमा एलिसा नगरकोटी पहिलो,जिया गटौला दोस्रो,५२ केजीमा सगीता घिमिरे पहिलो,पासाङ श्रेष्ठ दोस्रो र रोजीना उदास तेस्रो भइन् । नान छवानको अल राउन्डको पुरुषमा अजय तामाङ पहिलो,राजेश चाम्लीङ राई दोस्रो,आविस्कार पुन मगर दोस्रो तथा महिलामा रसु तामाङ पहिलो,विनीता लामिछाने मगर दोस्रो र अजंीता स्याङ्तान तेस्रो भइन् । तीन दिन सम्म सञ्चालन भएको खेल महोत्सवमा तेक्वान्दो,उसु र किक बक्सिङको प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको विजेता खेलाडी प्रमुख अतिथी राप्रपा नेपालका केन्द्रीय सदस्य बाबु काजी प्रधान,अल्का हस्पीटलका अध्यक्ष कुमार थापा,राष्ट्रिय खेलकुद सघंका उपाध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक मार्फो लामा लगायतले पुरस्कृत गरे ।

Comment