धमला महत्वाकांक्षी अध्यक्ष

anjan dhamalae
स्थापनाको दुइ दशक विताएको नेपाल आइटीएफले विभिन्न आरोह र अबरोह पार गरेको छ । यस क्रममा आइटीएफको गतबीधी चुलीने र सुस्ताउने क्रम पनि जारी रह्यो । यसै आइटीएफले पछिल्लो साधारण सभा गरेको एक महिना पनि भएको छैन । नवनीर्वारिचत अध्यक्ष अन्जन धमला आइटीएफ फेरी सक्रियताको माथिल्लो तहमा पुग्ने बिश्वास धमलाको छ । महासचिव अन्जु राउत तथा अन्य टोली पनि उत्तिकै सक्रिय छ ।
१३ औ दक्षिण एसियाली खेलकुद नेपालमा हुने भए पछि आइटीएफ टोलीको एउटा बिश्वास छ । १३ औ सागमा आइटीएफ अटायो भने नेपालको स्थान पदक तालीकामा माथिल्लो उचाइमा पु¥याउन यो खेलको भुमिका सबैभन्दा महत्वपूर्ण रहने बिश्वास आइटीएफ समुदायको छ । यसका लागि सबै खाले लबीङ्गको सुरुवात गर्ने धमला बताउछन् ।
त्यसो त अध्यक्षको कार्यभार सम्हाल्ने वित्तिकै ब्यस्त रहेका धमला आइटीएफका तीन महत्वपूर्ण प्रतियोगिता आयोजना तथा इटालीमा हुने भेट्रान्स तथा जुनियर अन्तराष्ट्रिय प्रतियोगिताको तयारीमा ब्यस्त रहने बताउछन् । यो ब्यस्तता पछि आइटएफ फेरी सक्रिय संघको रुपमा रहने धेरैको अनुमान छ । गोरखाका अन्जन सुरुवाती समयका आइटीएफ ब्ल्याकबेल्ट हुन् । २०५८ मा ब्ल्याबेल्ट भएका धमला अहिले मास्टर इन्स्ट्रक्टर भइसकेका छन् ।
आइटीएफ आइटएिफका तत्कालीन अध्यक्ष कृष्ण बलाल अन्जनका दाजु सुरज धमलाका साथी हुन् । यसैकारण आइटीएफमा उपश्थिती जनाएका अन्जनको यो स्थानसम्मको यात्रामा सुरजकै देन महत्वपूर्ण मानीन्छ । कार्यदक्षता र काम प्रतिको समपर्ण लगायत सबै पाटो हेर्दा यी नै सक्रिय अन्जनको नेतृत्वमा नेपाल आइटीएफले अन्तराष्ट्रिय तहमा सफल पाइला चाल्ने बिश्वास सबैमा पलाएकोे छ ।

Comment