१२औ राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Manoj Shiama
8 April, 2016 6:36 pm

male doublee
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले ‘१२औ  राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७२’– का विजयी खेलाडीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा पुरस्कार प्रदान गरे । प्रधान सेनापति महारथी क्षत्रीले महिला एकलतर्फ भएकी त्रिभुवन आर्मी क्लवकी नङ्गशल तामाङ्ग, दोश्रो हुने सोही क्लवकी अमिता गिरी र तेस्रो हुने नेपाल एपीएफ क्लवका शोभा गौचन र शिक्षा श्रेष्ठलाई पुरस्कार प्रदान गरे । उनले पुरुष एकलतर्फको खेलमा प्रथम हुन सफल त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग, दोश्रो हुने सोही क्लवका दिपेश धामी तथा तेस्रो हुने नेपाल पुलिस क्लवका विष्णु कटुवाल र नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उनले महिला एकलतर्फको टाइटल विजेता त्रिभुवन आर्मी क्लवकी नङ्गशल तामाङ्ग तथा सोही क्लवका रत्नजीत तामाङ्गलाई समेत शिल्ड प्रदान गर्नुभयो । यसैगरी, शुक्रबार नै भएको पुरुष युगलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भएको छ । सो जोडीले नेपाल एपीएफ क्लवका विजित थापा र बिकाश श्रेष्ठको जोडीलाई २१–१९, १४–२१ र २१–१५ ले पराजित गरेको थियो । विजेतालाई रथी पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गरे ।
कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सो अवसरमा ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा विजयी भएका खेलाडीहरुलाइ ट्रफी तथा पुरस्कार प्रदान गरे ।सो खेलमा नेपाल एपीएफ क्लवका पुष्पा ताम्राकार र महेश श्रेष्ठको जोडी प्रथम, कास्कीका सुवास राई र महेश भट्टचनको जोडी दोश्रो, हिमालयन ब्याडमिन्टन क्लवका मोहनबहादुर शाही र नरेश ताम्राकारको जोडी तथा नेपाल एपीएफ क्लवका विष्णुलाल श्रेष्ठ र चुडामणी उपाध्ययको जोडी तेस्रो भएका थिए ।
कार्यक्रममा अवकाश प्राप्त का.मु. सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामा, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कडेल सशस्त्र प्रहरी परिवार महिला संघकी अधक्ष्य श्रीमती शिला राई, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठ र मोहन बहादुर शाहीले समेत पुरस्कार प्रदान गरे ।
प्रतियोगितको १७ वर्षमुनिको पुरुष एकलतर्फको खेलमा कञ्चनपुरका सुनिल जोशी प्रथम, त्रिभुवन आर्मी क्लवका रुकेश महर्जन दोश्रो तथा कञ्चनपुरका चिरन विष्ट र नेपाल पुलिस स्कुलका प्रिन्स दाहाल तेस्रो भएका छन् ।
यसैगरी १७ वर्षमुनिको महिला एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवकी मेघा चन्द प्रथम, मोरङ्गकी सिमा राजवंशी दोश्रो तथा नेपाल एपीएफ क्लवकी रञ्जना भट्ट र त्रिभुवन आर्मी क्लवकी सुनैना मुखिया तेस्रो भएका छन् ।
३५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका अशोककुमार शाक्य र लोकबहादुर थापाको जोडी प्रथम सोही क्लवका गणेश ठाडामगर र सन्तोष सिंहको जोडी दोश्रो तथा मोरङ्ग जिल्ला अदालतका नवराज दुलाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तिर्थ निरौलाको जोडी तेस्रो भएका छन् ।
४५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल पुलिस क्लवका नरेन्द्र कार्की र भरतबहादुर शाहको जोडी प्रथम, नेपाल एपीएफ क्लवका हस्त गुरुङ्ग र मोहनकुमार गुरुङ्गको जोडी दोश्रो तथा सोही क्लवका चिरञ्जीवी कुँवर र दिपक थापाको जोडी तेस्रो भएका छन् ।
४५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा अन्नुपुर्ण ब्याडमिन्टन एकेडेमीका नविनबाबु श्रेष्ठ र श्यामबहादुर पराजुलीको जोडी प्रथम, नेपाल एपीएफ क्लवका वल्लभ महर्जन र पदमबहादुर मगरको जोडी दोश्रो तथा सोही क्लवका नारायणमान शाक्य र हरिप्रसाद श्रेष्ठको जोडी तथा त्रिभुवन आर्मी क्लवका सुवास श्रेष्ठ र भुमिबहादुर गुरुङ्गको जोडी तेस्रो भएको छ ।
मिश्रित युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नङ्गशल तामाङ्गको जोडी प्रथम, नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठ र पुजा श्रेष्ठको जोडी दोश्रो तथा सोही क्लवका बिना तुलाचन र विशाल प्रधानको जोडी तथा त्रिभुवन आर्मी क्लवका अमिता गिरी र सुरोज महर्जनको जोडी तेस्रो हुन सफल भएको छ ।
महिला युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी प्रथम, त्रिभवन आर्मी क्लवका अमिता गिरी र नङ्गशल तामाङ्गको जोडी दोश्रो तथा सोही क्लवका सुनैना मुखिया र मेघा चन्दको जोडी तथा नेपाल एपीएफ क्लवका विना तुलाचन र कविता कार्कीको जोडी तेस्रो भएका छन् ।
पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नविन श्रेष्ठको जोडी प्रथम, नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठ र विजित थापाको जोडी दोश्रो तथा त्रिभुवन आर्मी क्लवका सुरज महर्जन र दिपेश धामीको जोडी तथा नेपाल पुलिस क्लवको दिपक बोहोरा र विष्णु कटुवालको जोडी तेस्रो भएका छन् ।