मनकामना र सरस्वती आदर्श विद्याश्रम फाइनलमा

पोखरा ः
छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम तथा छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि सेतो र टप्स उमावि पोखरा रड्डशालामा जारी १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका  छन् ।
कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा शुक्रबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा मनकामना बोर्डिङ स्कुलले टप्स उमाविलाई ४६–२४ ले पराजित ग¥यो। मनकामनाको लागि दिमान पुनले सर्वाधिक १७ स्कोर गरेका थिए। दोस्रो खेलमा सरस्वती आदर्श विद्याश्रमले माउण्ट अन्नपूर्ण उमाविलाई ६२–५४ ले पराजित ग¥यो। सरस्वतीको लागि गणेश बस्नेतले सर्वाधिक ३७ स्कोर गरेका थिए।
छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा टप्स उमाविले माउण्ट अन्नपूर्ण उमावि रातोलाई ३७–२९ ले पराजित ग¥यो। टप्सको जीतमा विमला चौधरीले सर्वाधिक १८ स्कोर गरेकी थिइन्। दोस्रो खेलमा मानउण्ट अन्नपूर्ण उमावि सेतोले ग्लोबल कलेजियट उमाविलाई २४–२ ले पराजित ग¥यो।
तेस्रो स्थानको लागि भएको खेलमा छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि रातोले ग्लोबल कलेजियट उमाविलाई ७–२ ले पराजित ग¥यो। माउण्ट अन्नपूर्ण रातोको जीतमा कृश्मा पुनले सर्वाधिक पाँच स्कोर गरेकी थिइन्। छात्रतर्फ तेस्रो स्थानको लागि टप्स उमावि र माउण्ट अन्नपूर्ण उमाविबीच शनिबार बिहान आठ बजे खेल हुनेछ।
शनिबार छात्रातर्फ बिहान साढे ११ बजे माउण्ट अन्नपूर्ण उमावि सेतो र टप्स उमाविबीच बिहान साढे ११ बजे पहिलो फाइनल तथा छात्रतर्फ मनकामना बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रमबीच दिउँसो एक बजे दोस्रो सेमिफाइनल खेल हुने कास्की जिल्ला बस्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, तीन हजार र दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

Comment