आरम्भको विमोचन

Manoj Shiama
17 March, 2016 9:05 pm

bimochane
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेको गिति संग्रह ‘आरम्भ’ को बिहीबार विमोचन गरियो ।भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमबीच घिमिरेका सहोदर दाई पूर्व गृह÷परराष्ट्र मन्त्री एवं मुख्य सचिव माधवप्रसाद, माता चैतन्यदेवी र पूर्व अर्थ मन्त्री शंकरप्रसाद (एसपी) कोइरालाले गिति संग्रहको सिडी अनावरण गरी संयुक्त रुपमा विमोचन गरे ।
घिमिरेको शब्द रहेको एल्बममा जम्मा ६ वटा गीत रहेका छन् । त्यसमा आलोक श्री, शान्तिराम राई र कल्याण आलेले संगीत भरेका छन् । गायकमा रामकृष्ण ढकाल, प्रमोद खरेल, मल्लिका कार्की, सत्यराज आचार्य र शिव परियार छन् । ‘भिजाउछु प्रेम रसइमा’ बोलको गीतको म्युजिक भिडियो पनि सो अवसरमा प्रदर्शन गरिएको थियो ।त्यसै अवसरमा घिमिरेको शब्द, मनोज सिंहको संगीतमा चर्चित गायक उदितनारायण झाले गाएको ‘हावा चल्दा’ बोलको गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो गीतको छायांकन थाइल्यान्डको बैंककमा गरिएको थियो ।कार्यक्रममा घिमिरेले आफ्नो गीति यात्राको प्रेरणाको श्रोत आमा, दाइ र परिवारकै सदस्य भएको बताए ।राखेप सदस्य–सचिव केशवकुमार विष्टले घिमिरेको कार्यले सिंगो खेलकुदलाई गरिमामय बनाएको धारणा व्यक्त गरे ।