दुइ दशक स्टारकै रुपमा

anchor1
नेपाली खेलकुदमा कम चर्चा भए पनि सक्रिय खेल मध्यको एक खेलको रुपमा सफ्ट टेनिस रहेको छ । यसै खेलमा केही यस्ता नामहरु छन्, जो लामो समयसम्मम च्याम्पियनको रुपमा रहेका छन् । आफ्नो प्रभाव जमाएका छन् । तर, चर्चा भन्दा बाहीर कमै रहेका छन् । यसे मध्यको एक ब्यक्तित्वको रुपमा रहेकी छिन्, निरु कायस्थ ।
बर्षले ३७ औ बसन्तमा प्रबेश गरीसकेकी यी सफ्ट टेनिस स्टार लगातार दुइ दशक भन्दना बढी समय देखि यो खेलमा सक्रिय छिन् । तथापी यीनको अन्तराष्ट्रिय सहभागिताको क्रम भने सन् १९९६ देखि सुरु भएको हो । बैंककमा भएको तेस्रो एसियाली सफ्ट टेनिस च्याम्पियनसीपमा सहभागि उनी त्यसको तीन बर्ष पछि ताइवानमा भएको ११ बिश्व सफ्ट टेनिस च्याम्पियनसीपमा पनि नेपालको प्रतिनिधीत्व गर्न सफल भएकी थिइन् । सन् २००४ मा थाइल्यान्डमै एसियन च्याम्पियनसीपको पाचौ सस्करणमा फेरी एक पटक नेपालको प्रतिनधीत्व गर्न सफल उनी सन् २०११ मा दक्षिण कोरियामा भएको ११ औ दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसीपमा नेपालको प्रतिनिधीत्व गर्न सफल भइन् ।
नेपाली सफ्ट टेनिसमा गरेको उत्कृष्ट प्रदर्शनको कारण उनको प्रभाव यत्तिकै सिमित रहेन । सन् २०१२ मा उनी फेरी एक पटक एसियाली च्याम्पियनसीपमा सहभागिताको अबसर पाइन् । सन् २०१३ मा भारतमा भएको इन्डो नेपाल सफ्ट टेनिस च्याम्पियनसीपमा उनी सहभागि भइन् । सन् २०१४ मा इन्चोनमा भएको १४ औ एसियाली खेलकुदमा उनी नेपाली टोलीमा सहभागि थिइन् । उनको यो अन्तराष्ट्रिय सहभागिताको श्रृंखला अझ अर्को एक बर्ष कायम रह्यो । सन् २०१५ मै दिल्लीमा भएको १५ औ बिश्व सफ्ट टेनिस च्याम्पियनसीपमा पनि उनी सहभाथि थिइन् ।
उनको यत्तिधेरै अन्तराष्ट्रिय प्रतियोगिता सहभागिताका लागि सामो दुख र संघर्षको का छ । उनलाई अन्य दुख त थिएन । तर, लागतार दुइ बर्ष खेलमा केन्द्रित रहनु सबैभन्दा महत्वपूर्ण पक्ष रह्यो । सन् २०९३ मा काठमाडौमा भएको सफ्ट टेनिस प्रशिक्षणको दौरान भएको प्रतियोगितामा उनी उपविजयी भएकी थिइन् । त्यसै बर्ष पोखरामा भएको राष्ट्रिय सफ्ट टेनिसमा तेस्रोा हुनुका साथै उत्कृष्ट खेलाडी भए पछि नेपालमा उनको चर्चा अभल चलीएको थियो । सन् १९९५ मै काठमाडौमा भएको दोस्रो राष्ट्रिय सफ्ट टेनिस च्याम्पियनसीपमा पनि उनी महिला युगलमा दोस्रो स्थान पाउन सफल भइन् । सन् १९९६ मा भएको सफ्ट टेनिस च्याम्पियनसीपमा पनि यसै सफलता दोह¥याएकी उनले आफ्नो खेल जिवनमा फेरी कहिल्यै पछाडी फर्केर हेर्नु परेन । सन् १९९९ मै काठमाडौमा भएको प्रशिक्षणमा सहभागि भए पछि उनमा अन्तराष्ट्रिय सहभागिताका लाथि थप आत्मबिश्वास पलाएको थियो ।
सफ्ट टेनिसमा उनको भुमिका विविभ रह्यो । यसै क्रममा सन् २००० मा भएको तेस्रो बर्थडे कप सफ्ट टेनिस प्रतियोगितामा उनी रेफ्रिको भुमिकामा रहेकी थिइन् । सन् २००८ मा काठमाडौमा पाचौ राष्ट्रिय खेलकुदको दौरान भएको सफ्ट टेनिस च्याम्पियनसीपमा उनी महिला एकल र मिश्रीत युगलमा दोस्रो तथा महिला युगलमा पहिलो भएकी थिइन् । खेलाडी र रेफ्रिमा भएको सफलता पछि उनको आकर्षण प्रशिक्षकको रुपमा पनि रहन पुग्यो । सन् २०१० मा उनले साहयक प्रशिक्षकका लागि कोर्ष पुरा गरिन् ।
सन् २०११ मा भने उनले खेलाडको रुपमा नया उपलब्धी प्राप्त गरेकी थिइन् । त्यो बर्ष उनी राष्ट्रिय च्याम्पियनसीपमा महिला एकलमा पनि पहिलो स्थान हात पार्न सफल भइन् । अन्त्राष्ट्रिय स्तरमै परिचित काल्मारी अदाचीबाट उनी प्रशिक्षक कोर्ष पुरा गर्न पाए पछि झनै यस खेलको चौतर्फी विकासमा उत्साहित भएकी थिइन् ।
चार बर्ष अघि धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुदमा भने निरु झनै सफल भइन् । त्यस प्रतियोगितामा उनी एकल, महिलाा युगल र मिश्रीत युगलमा नै स्वर्ण पदक हात पार्न सफल भइन् । सन् २०१३ मा काठमाडौमा भएको सातौ राष्ट्रिय च्याम्पियनसीपमा भने उनको प्रभाव अलीकती कम रह्यो । त्यस प्रतियोगितामा उनले महिला युगलमा स्वर्ण, एकलमा रजत तथा मिश्रीत युगलमा काश्य पदक पाइन् ।
उनको यो सफलताको श्रृंखला सन् २०१४ मा पनि कायम रह्यो ।सन् २०१४ मा उनले पोखरामा भएको एनएसटीए सफ्ट टेनिस च्याम्पियनसीपमा महिला एकल र महिला युगलमा पहिलो स्थान हात पारिन् । त्यसै बर्ष भएको लुम्बीनी सातौ राष्ट्रिय सफ्ट टेनिस च्याम्पियनसीपमा महिला एकल, महिला युगल र मिश्रीत युगल तीनै स्पर्धामा उपाधि जितिन् । सन् २०१५ मा बिश्व च्याम्पियनसीपमा पनि उनी नेपालमा पहिलो हुदै छनोट भएकी हुन् । यी यावत सफलताका बाबजुद यीनको आगामी दिनको लक्ष्य सफ्ट टेनिसमै जोडीएको छ । यी गृहणी महिलाका लागि घर परिवार ब्यबस्थापन गर्दै खेलमा पनि अब्बल रहुन पक्कै चानचुने होइन ।

Comment