एसियन रग्वीमा पुरुष र महिला दुवैको पराजय

चेन्नाईasian rugbye

भारतको चेन्नाईमा जारी एसियन रग्वी सेभनमा नेपालको पुरुष तथा महिला टिम दुवै पराजित भएका छन् । चेन्नाईको नेहेरु स्टेडियममा शनिबार भएको तीन खेलमा पुरुष टिमले हारको सामाना गरे । पहिलो पटक एसियन रग्वीमा सहभागिता भएको नेपाल भारतसँगको पहिलो खेलमा ६–०,यूएईसँग ८¬–० र सिरियासँग सुधारिएको प्रदर्शन गरेपनि ३–१ ट्राईले स्तब्ध भयो । पुरुष टिममा एसियाका उत्कृष्ट राष्ट्र समावेश छन् । समुह एमा रहेको नेपालको पुरुष टिममा ५ राष्ट्र छन् । समुह एमा यूएई,फिलिपन्स,भारत,सिरिया र नेपाल छन् । समुह बिमा भने थाइल्यान्ड,चाइनिज ताईपेई,लेबनान,बंगलादेश र इन्डोनेशिया छन् । रग्वी प्रशिक्षक हरि बहादुर तामाङ्गले सिरियासँगको खेलमा जित्ने मौका गुमाएको बताए । र पुरुष टोलीले राम्रो खेलेपनि सिरियाको उत्कृष्ट डिफेन्सले गर्दा हारेको उनको बुझाइ छ ।
अर्कोतर्फ पहिलो पटक अन्र्तराष्टिय प्रतियोगिता खेलेको महिला टिमले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पहिलो खेलमा भारतसँग ६–० ट्राइले पराजित भएको महिला टोली दोस्रो खेलमा गमसँग ५–० ट्राइले हार बेहो¥यो । केही महिना अगाडी मात्र बनेको महिला टिमले एसियन रग्वीमा एसियन रग्वीमा पराजित भएपनि टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको रग्वीका मुख्य प्रशिक्षक गोविन्द घिमिरेले बताए । उनले पहिलो खेलमा नै प्राविधिक समस्या भएकाले उनीहरुले हारको सामाना गरेको बताए । त्यस्तै महिला टिममा भने कुल ५ राष्ट्र सहभागी छन् । महिला टिममा नेपाल, गम,भारत,दक्षिण कोरिया र इन्डोनेशिया रहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ । आइतबार पनि नेपालको दुवै टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Comment