जुनियर फुटबल एकेडमिकोे फ्री हेल्थ क्याम्प सम्पन्न

141 जुनियर फुटबल एकेडमि बालुवाटारको आयोजनामा एकदिने फ्री हेल्थ क्याम्प शनिबार सम्पन्न भएको छ । डा. निशान सुब्बाको नेतृत्वमा डा.श्रील भगत र आकक्षां रानाको टोलीले फुटबल खेलाडी,अविभावक र सर्बसाधरण गरी एक सय जनाको स्वास्थ्य प्रशिक्षण गरीएको थियो । शनिबार भएको फ्री हेल्थ क्याम्पमा जनरल हेल्थ चेकअप,स्पोट्र्स फिजीकल चेकअप,डेपलपमेन्टल माइलस्टोन र स्पोट्र्स फीजीकल इक्जामिनेशन सम्बन्धीत स्वास्थ्य परिक्षण भएको थियो । क्याम्पमा उमेर अनुसारको तौल,हाइट,शारिरिक बनावट र खुटृाको जोर्नीको परिक्षण भएको डा.निसान सुब्बाले जानकारी दिए । डा. सुब्बाले भने –“खेलाडीहरुको खेल खेल्नका लागि फिट छन की छैनन् भन्ने सम्बन्धी सबैको प्रशिक्षण गरीएको थियो । केही खेलाडीको उमेर अनुरुप तौल र अन्य शारिरिक बनावट फरक देखिएकाले उनिहरुले थप उपचारको सल्लाह दिएका छौँ ।”
टोली सदस्यद्धय डा.सुब्बा र डा. राना एड्रा इन्टरनेशनल र क्यानेडियन सरकारद्धारा सयुक्त रुपमा सञ्चालित धादिङ्ग फ्री हेल्थ क्याम्पमा कार्यरत छन् । क्याम्पले धादीङ्गका ३० गाविसमा स्वास्थ्य परिक्षण र निशुल्क औषधी प्रदान गर्दै आइरहेको छ । जुनियर फुटबल एकेडमिका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रिको पहलमा भएको उक्त हेल्थ क्याम्प ६–६ महिनामा हुनेछ । अखिल नेपाल फुटबल सघं(एन्फा) को पहिलो एकेडमिका खेलाडी रहेका क्षेत्रि हाल एकेडमिमा एक सय जुनियर स्तरका फुटबलरलाई प्रशिक्षण गर्दै उत्कृष्ट युवा फुटबलर उत्पादनमा सक्रिय छन् । नेपालको यू–१२ देखि यू–१९ टिम सम्म खेलेको उनले ए डिभिजन क्लब ब्वाइज युनियन,सकंटा र जाउलाखेलबाट लिग खेलेका थिए ।

 

Comment