राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाडौंअन्तर्गत निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ । एथलेटिक्स, भलिबल र कबड्डी गरी ३ खेलमा प्रतिस्पर्धा भएको थियो ।
शेषमतीस्थित सेक्रेड हर्ट उमाविमा भएको प्रतियोगितामा विभिन्न २५ विद्यालयको सहभागिता रहेको आयोजक समितिका प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

Comment