फुटसल शनिबार

विद्या संस्कार खेलकुद विभागको आयोजनामा विद्या संस्कार तेश्रो अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।प्रतियोगितामा ललितपुर, काठमाडौं र वीरगन्जका १६ टिमको सहभागिता रहने विभागका प्रमुख राजन न्यौपानेले जनाएका छन् । वीरगन्जबाट दिल्ली पब्लिक स्कुल सहभागी हुनेछ ।
विजेतालाई २० हजार र उपविजेतालाई १० हजार नगद पुरस्कार प्रदान गरिने विद्या संस्कारका प्रिन्सिपल सुधिरकुमार झाले जानकारी गराए । लिग कम नकआउट आधारमा हुने एक दिने प्रतियोगिताका खेलहरु बानेश्वर फुटसलमा हुनेछ ।

Comment