रग्वी टोलीको घोषणा

rugbye
भारतको चेन्नइमा हुने एसिया रग्वी डेभलोप्मेन्ट सेभेन्स– २०१६ मा सहभागी हुने नेपाली पुरुष र महिला टिमको घोषणा गरिएको छ ।
नेपाल रग्वी संघले पुरुष÷महिलामा समान ३ वैकल्पिकसहित १५ पुरुष÷महिला गरी ३० सदस्यीय टोलीको बुधबार घोषणा गरेको हो ।
पुरुषमा नवीन गिरी, कृष्ण क्षेत्री, विराट श्रेष्ठ, सन्जित ढुंगाना, कृष्ण धमला, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, रुपक थापा, कृष्णकुमार फाजु, जनक वाइबा, अमर श्रेष्ठ तथा अर्जुन थापा रहेका छन् । वैकल्पिकमा विराट एैडी, दीपक विश्वकर्मा र सनिश श्रेष्ठ छन् ।महिलामा रसना गुरुङ, एलिशा थापा, सिर्जना राई, सुस्मिता थापा मगर, अमृता राई, मिङमा तामाङ, सविना महर्जन, राधिका शाक्य, पार्वती अर्याल (कार्की), निताकुमारी शाह, विनु खड्का तथा मनीषा थापा रहेका छन् । वैकल्पिकमा सुनिता तामाङ, पन्चमाया श्रेष्ठ र सुप्रिया गुरुङ छन् ।
टोलीको बन्द प्रशिक्षण बुधबारैदेखि सुरु भएको छ । प्रशिक्षण १ महिनासम्म चल्ने छ । उनीहरुलाई गोविन्द घिमिरे, टंकराज गिरी, हरिबहादुर तामाङ र विनोद लामाले प्रशिक्षण दिने छन् ।

Comment