दुइ देशका ओलम्पिक अधीकारीविच भेटवार्ता

tendi and rakeshe। १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको सहभागितालाई व्यवस्थित र उपलब्धिमूलक बनाउन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले मङ्गलबार भारतका नयाँ दिल्लीमा भारतीय ओलम्पिक कमिटीका उपमहासचिव राकेश गुप्तासँग छलफल गरेका छन्। । गुप्ता एवम् १२ औँ साग खेलकुदका टेक्निकल कन्डक्ट कमिटीका उपाध्यक्ष पनि हुन् ।
सो अवसरमा उपमहासचिव गुप्ताले नेपालको खेलकुदको विकास र बिस्तारमा भारतीय ओलम्पिकबाट छ सकरात्मक सहयोग रहने वाचा गरे । राखेपका उपाध्यक्ष शेर्पाले आगामी सागमा सहभागी हुने विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा सहयोग पुर्याएकोपति धन्यवाद व्यक्त गरे ।
शेर्पाको नेतृत्वमा रहेको सो भ्रमण टोलीमा राखेपका विभागीय प्रमुख प्रकासचन्द्र घिमिरे, वरिष्ठ प्रशिक्षक शंकर गौतम र अधिवृmत गोविन्दराज पण्डित रहेका छन् ।

Comment