सुटिङ टोली दिल्ली प्रस्थान

एसियाली ओलम्पिक क्वालिफाइङ सुटिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली महिला खेलाडी टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।ओलम्पियनद्वय स्नेहराज्यलक्ष्मी राणा र फूलमाया क्याप्छाकी तथा अस्मिता राईले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल सुटिङ संघकी उपाध्यक्ष ज्योत्साना राणा छन् ।
खेलाडीलाई सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जनवरी २५ देखि फेब्रुअरी ३ तारिखसम्म हुनेछ ।

Comment