मल्पीलाई दोहोरो उपाधि

mulpye
आयोजक मल्पी इन्स्टिच्युट ‘ए’ ले प्रथम मल्पी अन्तर ए लेभल कलेजस्तरीय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मल्पीको ‘ए’ टिम ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
ब्वाइजको फाइनलमा मल्पीले युलेन्सलाई २१–९ ले पराजित ग¥यो । विजेताका सौगात बानियाँले ११ अंक जोडे । उपाधिसंगै मल्पीले २० हजार तथा युलेन्सले १० हजार नगद पुरस्कार पाए । सौगात ‘मोस्ट भेलुएबल प्लेयर’ बने ।
गल्र्सको उपाधि भिडन्तमा मल्पीले एसलाई २१–८ ले हरायो । मल्पीको जितमा सलोनी शेरचनले १२ अंक योगदान गरिन् । विजेता मल्पीले १० हजार नगद पुरस्कार हात पा¥यो । एसले ५ हजार नगदमा चित्त बुझायो । सलोनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
विजेतालाई मल्पीकी कार्यकारी अधिकृत जाना थापा, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका महासचिव सान्ता महर्जन, मल्पीका पूर्व विद्यार्थी आयुश नेपाललगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comment