साग स्वर्णधारी पुरस्कृत

संगीना बैद्य तेक्वान्दो
संगीना बैद्य तेक्वान्दो
बैकुण्ठ मानन्धर एथलेटिक्स
बैकुण्ठ मानन्धर एथलेटिक्स
सुनील लामा कराते
सुनील लामा कराते
आयशा शाक्य र दिपक विष्ट तेक्वान्दो
आयशा शाक्य र दिपक विष्ट तेक्वान्दो

दक्षिण एसियाली खेलकुदको विभिन्न ११ संस्करणमा स्वर्ण जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेको छ ।सागको ११ औं संस्करण समाप्तिसम्म टिम र व्यक्तिगतमा गरी नेपाली खेलाडीको स्वर्ण जित्ने संख्या जम्मा १ सय ७ रहेको छ । दिवंगत र विदेशमा रहेका स्वर्ण विजेता बाहेकका खेलाडीलाई  पुरस्कृत गरियो ।
उनीहरुलाई राखेप सदस्य–सचिव केशवकुमार विष्टले समान २ हजार ५ सयका दरले नगद हस्तान्तरण गरे भने राखेप सदस्यद्वय देव अधिकारीले खादा र शकुन्तला नगरकोटीले ब्याच प्रदान गरे । कार्यक्रममा उपस्थित ४६ जनालाई रकम हस्तान्तरण गरियो । दोहोरो पदक जित्नेलाई पनि एक पदक जित्ने सरह नै पुस्कृत गरियो ।सदस्य–सचिव विष्टले यो पुरस्कार हरेक महिना आजीवन प्रदान गरिने घोषणा गर्दै साग, एसियाली र ओलम्पिकमा विभिन्न पदक जित्ने खेलाडीका लागि हरेक महिना आजीवन पुरस्कारको व्यवस्था गर्न लागिएको समेत प्रतिबद्धता व्यक्त गरे ।
सदस्य–सचिव विष्टका अनुसार प्रत्येक महिना सागको स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई १ हजार ५ सय तथा एसियाली खेलकुदको स्वर्णलाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ५ हजार रुपैयाँ प्रदान गर्ने गरी परिषद्ले तयारी गरिरहेको छ । त्यस्तै ओलम्पिकको स्वर्णलाई २५ हजार, रजतलाई २० हजार र कांस्यलाई १५ हजार प्रत्येक महिना दिने गरी प्रस्ताव पेश गर्ने सदस्य–सचिव विष्टले जानकारी गराए ।हाल नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ सदस्य–सचिव भएको बेला सागका स्वर्ण विजेतालाई प्रोत्साहन स्वरुप प्रत्येक महिना २ हजार रुपैयाँ दिने सुरुआत गरिएको थियो । विविध कारणले पछि त्यो रोकिएको थियो । पुरस्कारलाई प्रत्येक महिना निरन्तरता दिने उद्देश्यले राखेपले खेलाडीलाई पुरस्कृत गरेको हो ।

Comment