मल्पी बास्केटबल आइतबारदेखि

mulpye
मल्पी इन्स्टिच्युटको आयोजनामा प्रथम मल्पी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा ब्वाइजमा १० र गल्र्समा ५ टिमको सहभागिता रहने मल्पीका बास्केटबल प्रशिक्षक रोविन खत्रीले जनाएका छन् ।
ब्वाइजमा सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । गल्र्सतर्फ राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित आयोजक मल्पीकै कोर्टमा हुनेछ ।

Comment