डेनेब र नेरिक फाइनलमा

deneb saturdaye
अयाोजक डेनेब एकेडेमी र डिफेन्डिङ च्याम्पियन नेरिक एकेडेमी छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
थापागाउँस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा डेनेबले स्वप्नवाटिकालाई ४२–२० ले पराजित ग¥यो । डेनेबको जितमा सौरभ खड्काले २४ अंक जोडे । स्पोर्ट केसीको २१ अंक सहयोगमा नेरिकले टेरेसा एकेडेमीलाई ४६–३६ ले हरायो ।
जुनियर ब्वाइजमा पनि डेनेब र नेरिक नै उपाधिका लागि भिड्ने भएका छन् ।
डेनेबले हर्टल्यान्डमाथि २३–२ को सहज जित निकाल्यो । डेनेबको जितमा सुदर्शन कठायतले १४ अंक योगदान गरे । नेरिकले डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३२–२६ ले स्तब्ध पा¥यो । नेरिकका अशिम भण्डारीले १३ अंक जोडे ।
सिनियर गल्र्समा रिलायन्स र डिफेन्डिङ च्याम्पियन न्यु भिजनले उपाधि भेट पक्का गरे ।
रिलायन्सले डेनेबलाई ३३–१९ ले पाखा लगाउदै तेहेरो उपाधिनजिक पुग्नबाट रोक्यो । रिलायन्सकी रिना भण्डारीले ८ अंक जोडिन् । स्वप्नवाटिका विरुद्धको खेलमा न्यु भिजन २३–१४ ले अगाडि रह्यो । विजयी टिमका लागि लक्ष्मी श्रेष्ठले १२ स्कोर गरिन् । फाइनल आइतबार हुनेछ ।

Comment