सिन्धुपालचोमा राष्ट्रपती रनिङ शिल्ड सम्पन्न

sindhupalchocke
सिन्धुपालचोक जिल्लाको राष्ट्रपती रनिङ शिल्ड सम्पन्न भएको छ । २५ पुषमा सुरु भएको चौथो जिल्ला ब्यापी राष्ट्रपती रनिङ शिल्ड ८ माघमा सकिएको हो । २५र २६ पुषमा बाहबिसेमा १ नम्बर क्षेत्रको,२९ र ३० पुषमा मेलम्चीका तीन नम्बर क्षेत्र तथा ४ र ५ माघमा चौतारामा तीन क्षेत्रीय खेल भएका थिए ।
६ देखि ८ माघमा चौतारामा भएको जिल्ला ब्यापी प्रतियोगितामा १ सय ४५ अंक सहित बलासुधार माबी पहिलो भयो । ४३ विद्यालय सहभागि प्रतियोगितामा राजेश्वरी स्कुल दोस्रो भयो । जिल्ला ब्यापी प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव ( बद्री) अधीकारी पनि उपश्थित थिए । विजेतालाई पूर्व सांसाद सुबास कमाचार्य र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शिब देउजाले पुरस्कार प्रदान गरे ।

Comment