ओडिसी र इनोभेटिभ क्वाटरफाइनलमा

ओडिसी इन्टरनेसनल स्कुल र इनोभेटिभ इङलिस स्कुल छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।लिग खेलमा ओडिसीले आयोजक डेनेब एकेडेमीलाई ३९–२१ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो । ओडिसीका साहिल गुरुङले २४ अंक जोडे । डेनेब पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । इनोभेटिभले एनसीसीएसलाई ३३–१२ ले हरायो । इनोभेटिभका प्रवीण थापाले ११ अंक जोडे ।
सिनियर ब्वाइजमा काठमाडौं जेभियर र स्वप्नवाटिका क्वाटरफाइनलमा पुगे । काठमाडौं जेभियरले न्युटनमाथि ३०–१३ को जित दर्ता ग¥यो । विजेताका सविन मगरले ११ स्कोर गरे । मिलन श्रेष्ठको ११ अंक सहयोगमा स्वप्नवाटिकाले हर्टल्यान्डमाथि ३८–१७ को सहज जित निकाल्यो ।
सिनियर गल्र्समा स्वप्नवाटिकाले इनोभेटिभलाई २१–११ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय ग¥यो । स्वप्नवाटिकाकी सुशीला रावतले ६ अंक जोडिन् ।

Comment