ओडिसी बास्केटबल हुने

ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा आठौं ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ १५ गतेदेखि हुने भएको छ ।
‘प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ खेल हुने ओडिसीका प्रिन्सिपल नारायण रोकाले जनाएका छन् । जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमको सहभागिता रहने ओडिसीका बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले जानकारी गराए । सिनियर गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुने छ ।
ग्त संस्करणमा जुनियर ब्वाइजमा इनोटिभ विजेता र आयोजक ओडिसी उपविजेता हुन् । त्यस्तै सिनियर गल्र्समा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले साइपाल एकेडेमीलाई हराउदै उपाधि जितेको थियो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख खर्च हुने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ २१ गते हुने छ । खेल धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।

Comment