डेनेब र रिलायन्स सेमिफाइनलमा

deneb tuesdayyआयोजक डेनेब एकेडेमी र रिलायन्सछैटौं डेनेब कपअन्तरविद्यालयबास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।थापागाउँस्थित घरेलु कोर्टमा डेनेबले युनिभर्सललाई २२–१२ ले पराजित ग¥यो । डेनेबको जितमा आकृति मैनालीले १० अंक जोडिन् । रिना भण्डारीको १२ अंक सहयोगमा रिलायन्सले इनोभेटिभलाई २६–१८ ले हरायो ।
सिनियर ब्वाइजमा टेरेसा एकेडेमी र डेनेब क्वाटरफाइनलमा पुगे । टेरेसाले न्यु लिरालाई२५–२० ले पन्छायो । विजेताका दिनेश माझीले १३ अंक बटुले । डेनेबले युनिभर्सललाई ५५–३९ ले निराश पा¥यो । डेनेबको जितमा अनिल श्रेष्ठले २० अंक योगदान गरे ।जुनियर ब्वाइजमा ग्रिनफिल्डले इनोभेटिभलाई १६–९ तथा ओडिसी इन्टरनेसनल एकेडेमीले अनुपमलाई २३–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका सुरज लामाले ९ तथा ओडिसीका अनिश क्षेत्रीले ७ अंक जोडे ।

Comment